Logo

भारतीय प्रधानमन्त्री नेपाली भूमिमा आएकोबारे सदन बेखबर बन्न मिल्दैनः एमाले सांसद थापा



काठमाडौं,२५ असोज । नेकपा एमालेका सांसद सूर्य थापा क्षेत्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धम सरकारको जवाफ माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले मोदीको भ्रमणबारे प्रश्न उठाए ।

“मोदीले भ्रमण गरेको सत्य हो कि हैन ? संसद्ले जवाफ चाहन्छ । सभामुखबाट रुलिङ चाहियो,” उनले भने, “नेपाल सरकार किन मौन छ? किन बेखबर छ । शासकहरूको यस्ता विषयमा विगतको रोग हो यस्तो ? यो सदन बेखबर बन्न मिल्दैन ।”



प्रतिक्रिया दिनुहोस्