काठमाडौं,२५ असोज । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल वायुसेवा निगमको विमान इजरायल पुगेको छ ।
बुधबार राती नेपालबाट इजरायलका लागि उडेको परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल पुगेको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।
विमान दुई घण्टा उक्त एयरपोर्टमा रहेर आज राति सवा ९ बजेतिर काठमाडौं अवतरण गर्ने बताइएको छ । उक्त जहाजमा नेपालका २५० जना विद्यार्थी स्वदेश फर्किनेछन् । जसका लागि उनीहरु अहिले विमानस्थलमा पुगिसकेका छन् ।
गत शनिबार इजरायलमा रहेका प्यालेस्टाइनी बिद्रोही समूह हमासले आक्रमण गरेको थियो । उक्त हमलामा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।