काठमाडौं,२५ असोज । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले संसद अन्त्यको विषयमा दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
‘भोलि राति १२ बजेदेखि संसद अन्त्य गर्ने विषयमा छलफल भएको छ,’ छलफलमा सहभागी एक सांसदले भने ।
२८ असोजमा दसैँको पहिलो दिन घटस्थापना परेकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो । प्रधानमन्त्री प्रचण्डले आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा पनि अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो २ बजे बोलाईएको छ ।