Logo

कोशीको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोले पनि गरे दाबी पेश



काठमाडौं,२५ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा दुईजनाको दाबी पेश भएको छ । केही समय अघि नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । भने भर्खरै माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोले पनि दाबी पेश गरेका हुन् ।

उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

बिहीबार नै नेपाली कांग्रेसका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।केदारले भने आफ्नो पार्टीका ८ सांसदको हस्ताक्षर र नेकपा एमालेका ३९ जना सांसदको समर्थमना मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको शेखर पक्षले विरोध जनाउँदै आएको छ । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot