काठमाडौं,२५ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीलाई लिएर नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीमा राजनैतिक बिद्रोह गर्दै केदार कार्कीलाई उम्मेदवार उठाएका छन् ।
पार्टी र सत्ता गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसका ८ प्रदेशसभा सदस्यले उनलाई साथ दिएका छन् । कांग्रेसले माओवादीका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णयको विरोध गर्दै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाब पेश गरेका छन् ।
कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् । यसअघि काँग्रेसको संसदीय दलमा भएको निर्वाचनमा कार्कीले ९ मत नै ल्याएका थिए ।
शेखरले सुरु देखिनै मुख्यमन्त्रीमा केदारलाई अघि सार्नुपर्ने बताउँदै आएका थिए । तर आफ्नो मागको वास्ता नगरि पार्टी सभापति शेरबहादुर देउवाले आज माओवादीलाई मुख्यमन्त्री सुम्पिने निर्णय गरेपछि शेखरले विद्रोह गरेका हुन् ।