Logo

मुख्यमन्त्रीमा दाबी पेश गरेपछि केदार कार्कीले भने: मध्यावधि रोक्न यो कदम चाल्नुपर्‍यो



काठमाडौं,२५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीले प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नका लागि आफूले उक्त कदम चालेको दाबी गरेका छन् ।

बिहीबार सत्ता गठबन्धनको निर्णयलाई लत्याउँदै कांग्रेसका ८ सहित एमालेका ४० सांसद्को समर्थमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कार्कीले यस्तो बताएका हुन् ।

“कोशी प्रदेशमा अन्यौलता छ । सांसदहरूको एकरूपता छ । संसद्‌भित्र सौहार्द सम्बन्ध प्रमाणित गर्दै कोशी प्रदेशको मध्यावधि निर्वाचन रोक्नका लागि ४७ सांसदहरूको हस्तक्षार पेस गरेको छु,” उनले भने ।

कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेका छन् भने एमालेका ४० सांसदले हस्ताक्षर गरेका छन् ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको शेखर पक्षले विरोध जनाउँदै आएको छ । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot