Logo

मैले शेखर कोइरालालाई साथ दिने प्रश्नै छैन : सांसद पराजुली



काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद भीम पराजुलीले पार्टीको निर्णयबाहिर गएर गरिएका गतिविधिमा आफ्नो समर्थन नरहने स्पष्ट पारेका छन् । कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेस सांसद केदारबहादुर कार्की पार्टी पदाधिकारी र गठबन्धनको निर्णयपविपरीत जान नहुने उनले औंल्याए ।
‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य र कोसी प्रदेशको सांसद हुँ । पार्टीले जे निर्णय गरेको छ, गठबन्धनले जे निर्णय गरेको छ, त्यस विपरीतका गतिवधिमा म जान्नँ । पार्टीको हित विपरीत जोसुकै गए पनि त्यो कारबाहीको भागी हुनुपर्छ । यदि पार्टीले कारबाही गरेन भने भाँडभैलो हुन्छ । यस्तो खाले प्रवृत्तिले हामीलाई कहाँ पुर् याउँछ ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग पराजुलीले भने ।
पार्टी निर्णय बेगरको गतिविधिलाई स्वीकार गर्न नसकिने पराजुलीले स्पष्ट पारे । उनले भने, ‘केदार कार्कीजीले निर्दलीय रुपमा चुनाव जितेर आएको होइन नि । उहाँ निर्दलीय विचार राख्ने व्यक्ति हो र ? उहाँलाई पार्टीको नीति अनुशासन लाग्दैन ? यो अराजकता हो । पार्टी निर्णय बेगरको निर्णयलाई हामीले कसरी स्वीकार गर्ने ? अरु सांसद साथीहरुले पनि साथ दिनुहुन्न भन्ने मलाई लाग्छ ।’
सांसद पराजुलीले पराजुलीले आफूले पार्टीको शेखर कोइराला समूहलाई साथ नदिने पनि स्पष्ट पारे । उनले थपे, ‘जहाँ चित्त बुझ्छ, त्यो विचार समूहका बस्ने हो । त्यो गुटमा छैन । त्यसैले शेखर कोइराला वा केदार कार्कीलाई साथ दिने प्रश्नै छैन । म पार्टीको मूल्य, मान्यता, आदर्श र विधान मान्छु । त्यसभन्दा बाहिर म जान्नँ ।’ संस्थापन इतर समूहसँग केन्द्रीय तहको नेताहरुले कुरा गरिरहनुभएकाले केही समाधान निस्कने विश्वास पनि उनले व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot