काठमाडौं, असोज २६ । सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई मातृ शोक परेको छ । उनकी आमा हंशनुमा लिम्बूको शुक्रवार बिहान ५ बजे मोरङको लेटाङ–६ गुवाबारीमा ९९ वर्षको उमेरमा मृत्यु भएको हो ।
लिम्बूका ७ छोरा र ५ छोरी रहेका छन् । कान्छा छोरा मन्त्री लिम्बूसँगै बस्दै आएकी हंशनुमाको आज दिउँसो आफ्नै जातीय परम्परा अनुसार अत्यष्ठि गरिने भएको छ । मोरङ–१ बाट प्रतिनिधि सभामा निर्वाचित लिम्बू नेपाली काङ्ग्रेस मोरङको सभापति समेत रहेका छन्।