Logo

एमाले मधेश प्रदेशका सचिव तथा जीतपुरसिमराका पूर्व मेयर पौडेल मृत फेला



काठमाडौं,२७ असोज । नेकपा एमाले मधेश प्रदेशका सचिव तथा बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्णप्रसाद पौडेल मृत फोला परेका छन् ।

बिहीबार साँझ पौडेल आफ्नै घरमा मृत फेला परेका प्रहरीले जनाएको छ । बिहीबार साँझ ७ बजे घरमा उनको शव कोठाको भुइँमा ढलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पौडेलेको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको बताईएको छ । घरमै शव फेला परेपछि प्रहरीले उनको परिवारसँग पनि सोधपुछ गरेको बताएको छ। तर, त्यस्तो शंकास्पद केही पनि नदेखिएको प्रहरीले बताएको छ।

पौडेलले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णव्रत सिंहलाई पराजित गरेका थिए। उनी सहकारी अभियन्तासमेत हुन्। उनी हातेमालो बचत तथा ऋण सहकारी संस्था सीमराका अध्यक्षसमेत थिए।



प्रतिक्रिया दिनुहोस्