Logo

इजरायल-हमास युद्धपछि थप २०० नेपालीले दिए स्वदेश फर्किन निवेदन



काठमाडौं,२६ असोज । गत शनिबार इजरायलमा त्यहाँ रहेको प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि युद्धग्रस्त बनेको इजरायलबाट थप २०० जना नेपालीले नेपाल फर्किने निवेदन दिएका छन् ।

इजरायलमा रहेको नेपाली दूतावासका अनुसार स्वदेश फर्किने थप २०० जनाल अनलाइन फारम भरेका छन् । बिहीबार रातीमात्रै नेपाल वायुसेवा निगमको जहाजले त्यहाँ रहेका ५३ जना नेपाली विद्यार्थीलाई उद्धार गरेको थियो ।

दूतावासका अनुसार त्यहा रहेका ३ जना घाइतेसहित नेपाल फर्किन फारम भरेका थप नेपालीलाई छिट्टै उछद्धार गरिने भएको छ । भने, हमासको हमलामा परेर वेपत्ता भएका विपिन जोशीको पनि खोजीकार्य जारी रहेको छ ।

शनिबार भएको हमास समूहको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएका थिए ।



प्रतिक्रिया दिनुहोस्