Logo

एमाले मधेशले छान्यो सर्वसम्मत पदाधिकारी



काठमाडौं,२६ असोज । नेकपा एमालेको प्रथम अधिवेशन अन्तर्गत मधेश प्रदेशमा सर्वसम्मत रुपमा पदाधिकारी छानिएका छन् ।

दुई दिनदेखि जारी अधिवेशनले सिरहाका चण्डेश्वर मण्डलको नेतृत्वमा पाँच जनाको पदाधिकारी छनोट गरेको हो । उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी र मोहम्मद कैस चयन भएका छन् ।

अध्यक्ष छनोट भएका मण्डल पोलिब्युरो सदस्य तथा सांसद लिलानाथ श्रेष्ठ निकटका छन् भने उपाध्यक्ष विचारी यादव केन्द्रीय सचिव एवं प्रतिनिधि सभा सदस्य रघुवीर महासेठ निकट मानिन्छ ।

यस्तै सचिव पौडेल पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, उपसचिव भण्डारी निवर्तमान मधेश सहइन्चार्ज रेवती पन्त र मोहम्मद कैस पोलिब्युरो सदस्य तथा सांसद जुलीकुमारी महतो निकट रहेको बताईन्छ ।

यसअघि उपत्यका विशेष प्रदेश र सुदूरपश्चिममा एमालेले सर्वसम्मत रूपमा पदाधिकारी चयन गरेको थियो भने लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशीमा चुनावबाट नेतृत्व छानिएको थियो।



प्रतिक्रिया दिनुहोस्