Logo

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो काठमाडौंमा सुरू,गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन (तस्बिरहरु)



काठमाडौं,२६ असोज । दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८० राजधानीमा सुरु भएको छ ।

हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” आजबाट सुरु गरेको हो । एक्स्पो आजबाट २९ गतेसम्म सञ्चालन हुनेृ आयोजकले जनाएको छ । जसको उद्घाटन उपप्रधान तथा गृहमन्त्री नारायणकाजस् श्रेष्ठले गरेका छन् ।

एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।

एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने छन् ।

तस्बिरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्