काठमाडौं,२६ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आव्हान भएको छ । सभापति शेरबहादुर देउवाले बैठक आव्हान गरेका हुन् ।
दिउँसो ३ बजे देउवा निवास धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा कोशीमा देखिएको समस्या समाधान गर्नेबारे केन्द्रित हुने जनाइएको छ । गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि शेखर निकटका केदार कार्कीले कांग्रेसका ८ सांसदसहित एमालेसँगको समीकरणमा मुख्यमन्त्री दाबी गरेका छन् ।
कांग्रेस कोशी प्रदेशको आज बसेको बैठकले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदलाई आफ्नो कदम फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको थियो ।