Logo

रघुजी पन्तले दिए संसद्मा भारतीय प्रधानमन्त्री मोदीलाई दसैँको शुभकामना



काठमाडौँ,२६ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले सुटुक्क नेपालको अतिक्रमित भूमि लिपुलेक, कालापानी क्षेत्रहुँदै मानसरोवर पुगेको भन्दै कटाक्ष गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दसैँको शुभकामना दिएका छन् ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाली जनताको स्वाभिमानको कदर गर्न प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका हुन् ।

उनले भने– ‘भारतप्रति रहेको नेपालको मित्र भाव, युगौँ पुरानो सम्बन्ध, नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्ने कार्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी विजयादशमीले प्रेरित गर्न सकोस् भनी उहाँलाई विजया दशमीको शुभकामना ।’



प्रतिक्रिया दिनुहोस्