काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा नेतृत्वको लागि त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ। संघको ११औं विश्व सम्मेलन भव्य रुपमा सम्पन्न हुँदैछ । यसपटक संघको नेतृत्वको लागि त्रिपक्षीय भीडन्त हुने चर्चा छ । हुन त अध्यक्ष पदको लागि धेरैले विभिन्न कार्यक्रममार्फत आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।
तर, यसपटक अध्यक्ष पदमा डा. बद्रि केसी, आरके शर्मा र महेश श्रेष्ठबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने चर्चा छ । हुन त अहिलेपनि अध्यक्ष नै रहेकी रविना थापाको उम्मेद्वारीलाई पनि महत्वका साथ हेरिएको छ । अयिभन्ताहरुले संघको २०औं वर्षको यो अभियानमा संघले अहिलेसम्म महिला नेतृत्व नपाएको गुनासो गरेका छन् ।
संघको चुनावी सरगर्मी बढिसकेको छ । अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष आरके शर्माले आजै उम्मेदवारी दर्ता गराएका छन् । शर्माले अबालुवाटारस्थित एनआरएनएको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा वेद खरेल र डीबी क्षेत्री रहेका छन् भने समर्थकमा रमेश भट्ट र बन्दना शर्मा (सापकोटा) रहेका छन् ।
शर्माले एनआरएनएलाई एकताबद्ध गर्नेसहितका एनआरएनएलाई सम्मानित बनाउने विभिन्न एजेण्डा अघि सारेका छन् । उनले दुई वर्षको कार्यकालमा २४ महत्वपूर्ण काम गर्ने भनेर २४ बुँदे बाचापत्रमा सार्वजनिक गरिसकेका छन् ।