Logo

मुख्यमन्त्री बन्न असफल भएपछि आङ्बोले भनेः काङ्ग्रेस कै आग्रहमा हामी हिक्मत सरकारबाट फिर्ता भएका थियौं



काठमाडौं, २७ असोज । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले आफ्नो दलले नेपाली कांग्रेसकै आग्रहमा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार छोडेको दाबी गरेका छन् ।

शनिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि उनले आफ्नो धारणा सार्वजनिक गर्दै समे कुरा बताएका हुन् । उनीपनि कोशीको मुख्यमन्त्रीमा दाबेदार थिए । तर, बहुमत जुटाउन नसकेपछि उनका मुख्यमन्त्री बन्ने सपना तुहिएको थियो ।

मुख्यमन्त्री बन्ने प्रयास असफल भएपछि आङ्बोले आफूहरुले आलोचनाको सिकार हुँदापनि कांग्रेसलाई सत्तामा पु¥याउन सबैप्रकारका कदम चालेको स्मरणसमेत गरेका छन् । यस्तो छ आङ्बोले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस

-गठबन्धन खास गरी काङ्ग्रेस कै आग्रहमा हामी एमाले नेतृत्वको प्रदेश सरकारबाट फिर्ता भयौँ।

– गठबन्धनको कठिन अङ्क गणितको बावजुत बहुमत पुर्याउने र विश्वासको मत पनि पाउने विश्वासिलो आधार हाम्रो दलसँग हुँदा पनि गठबन्धनको संवेदनशीलतालाई ख्यालमा राखेर मुख्यमन्त्रीमा कांग्रेसको दाबीलाई हामीले स्वीकार गर्‍यौ।

–पहिलोपटक सरकार गठनमा कांग्रेसका उम्मेदवारलाई सभामुखको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी गर्न पनि हामी तयार भयौँ ।

– मुख्यमन्त्रीको नियुक्ति सर्वोच्चले बदर गरेपछि काङ्ग्रेस कै नेतालाई मुख्यमन्त्री बनाउन माओवादीसँग भएको सभामुखसमेत राजीनामा गराएर बहुमतसहित सरकार गठन गर्न तयार भयौँ।

–२–२ पटक कांग्रेस नेतृत्वको सरकारले बहुमत सिद्ध गर्न नसकेपछि गठबन्धन भित्रैबाट सरकार बनाउने र विश्वासको मत प्राप्त गर्ने भरपर्दो आधारसहित प्रदेशलाई स्थायित्व दिन हामीले मुख्यमन्त्रीको दाबी गरेका हौं।

– हामीले गठबन्धन र सत्ता सहकार्य काङ्ग्रेससँग गरेको हो गुट, उपगुट र पार्टीभित्रको असन्तुष्टि व्यवस्थापनको जिम्मा स्वयं काङ्ग्रेस कै हो, पार्टीको आधिकारिक निर्णय कांग्रेसले किन लागू गर्न सकेन यसको समीक्षा गर्ला वा नगर्ला त्यो कांग्रेको कुरा हो।

– सत्ता गठबन्धनभित्रको सहमति र सहकार्यमा थप विभाजन र जटिलता नआवस भन्ने चाहना र हाम्रो दाबी पनि नपुग्ने अवस्था भएकोले प्रदेश प्रमुखले बोलाउनु भएको सनाखतमा हामी सहभागी नहुने निष्कर्षमा पुग्यौँ।

–प्रदेश सरकार गठनमा सुविधाजनक बहुमत र विश्वासको मत प्राप्त गर्ने भरोसासहित केन्द्रीय गठबन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्रीको उम्मेदवार बनाउने गरेको निर्णयप्रति सधैँ आभारी रहने छु तपाईंहरुले गर्नुभएको विश्वास र भरोसा डगमगाउन दिने छैन।

अन्त्यमा हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा म र मेरो दल सधैँ इमानदार र प्रतिबद्ध रहने छ।



प्रतिक्रिया दिनुहोस्