काठमाडौं, २७ असोज । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका अध्यक्ष मोहन बैद्य किरणसँग भेटघाट गरेका छन् । नेता बैद्यलाई भेट्न साह उनको निवासमा पुगेका हुन् । सो क्रममा देशको समसामयिक विषयमा छलफल भएको बताईएको छ ।
आजपाले देशलाई सही दिशामा अघि बढाउनको लागि अग्रगमनकारी शक्तिहरुबीच सहकार्य गर्नुपर्ने बताउँदै आएको छ । सोही सन्दर्भमा अध्यक्ष साहले आज पूराना अग्रज एवम् सहयोद्धा नेतासँग आज भेटवार्ता गरेको आजपाका नेताहरुले जनाएका छ्न ।
अध्यक्ष साह जनताका माग र मुद्दाप्रति संवेदनशील छन् । उनी अहिलेको संविधानले देशलाई निकास दिन नसक्ने निश्कर्षमा पुगेका छन् । यस वर्षको संविधान दिवसको अवसरमा आजपाले संविधानको शव यात्रासमेत निकालेको थियो ।