Logo

आङ्बोलाई मुख्यमन्त्री बनाउन नसकेपछि उद्धव थापाले दिए संसदीय दलको नेताबाट राजीनामा



काठमाडौं,२७ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताबाट उद्धव थापाले राजीनामा दिएका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका हुन् ।

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा आफ्नै पार्टीका सांसद कदार कार्की शनिबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि थापाले नैतिकताको आधारमा राजीनामा दिन लागेका हुन् । केन्द्रले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, केन्द्रको निर्णय कार्यान्वयन गर्न नसकेपछि थापाले नैतिकता आधारमा राजीनामा दिएको उल्लेख गरेका छ्न ।

थापा यसअघि कोशीमा दुईपटक मुख्यमन्त्री बनेका थिए । यद्यपि सर्वोच्चको फैसलाले उनलाई दुबैपटक पदच्युत गरिदिएको थियो ।

गत वर्षको मंसिरमा सम्पन्न निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका उनले केदार कार्कीलाई नै हराएर संसदीय दलको नेतामा निर्वाचित भएका थिए । १८ मत पाएर उनी संसदीय दलको नेता बन्दा कार्कीले ९ मत र अमृत अर्यालले २ मत पाएका थिए ।



प्रतिक्रिया दिनुहोस्