Logo

दिपेश र दुर्गेशको घातक बलिङसामु निरीह बन्यो बहराइन, नेपालले पायो ७८ रनको सामान्य लक्ष्य



काठमाडौं,२८ असोज । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई ७८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि दिपेश कँडेलले ६ र दुर्गेश गुप्ताले चार विकेट लिए । ९ दशमलव ५ ओभर बलिङ गरेका दिपेशले मात्र ४ रन खर्चिए । ८ ओभर बलिङ गरेका दुर्गेशले २२ रन दिए ।

बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । नेपालले १७ रन एक्स्ट्रा दिएको थियो ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।

नेपालले केहिबेरमा जवाफी ब्याटिङ थाल्नेछ । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २७४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । एक खेलबाट दुई अंक जोड्रदै नेपाल तालिकाको पहिलो स्थानमा आसिन छ । 



प्रतिक्रिया दिनुहोस्