काठमाडौं,२८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो २ बजे उनले मुख्यमन्त्रीको शप लिने तयारी भईरहेको छ ।
कार्की शनिबार कांग्रेसका ८ र नेकपा एमालेका ३९ गरि ४७ सांसद्को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । कार्कीले आज शपथ लिएसँगै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार उनले आज कांग्रेसबाट समशेर राई र एमालेका राम रानामगरलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
मुख्यमन्त्री कार्की शनिबार काठमाडौं आएका छन् । उनी विराटनगर फर्किएपछि थप छलफल गरेर मन्त्रीको संख्या टुंग्याउन बताईएको छ ।