काठमाडौं,२८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई सत्तँ गठबन्धनको मर्मअनुरुप अगाडी बढ्न आग्रह गरेका छन् ।
शनिबार मुख्यमन्त्री नियुक्त भएपछि लगत्तै काठमाडौं आएका कार्कीले साँझ देउवालाई उनकै निवास धुम्बाराही पुगेर भेटवार्ता गरेका छन् । भेटमा देउवाले कार्कीलाई गठबन्धनको स्प्रीड अनुसार अगाडि बढ्न निर्देशन दिएको कांग्रेस निकट स्रोतले जनाएको छ ।
केदार कांग्रेसबाट विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रीय सत्ता गठबन्धनले माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर कांग्रेस नेता डा शेखर कोइरालाले गठबन्धनलाई चूनौति दिँदै आफूनिकट केदारलाई मुख्यमन्त्री बनाएका हुन् ।