Logo

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ



काठमाडौं,२८ असोज । शनिबार नियुक्त भएका कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनले आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । कार्की शनिबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० मा राजिनामा दिएपछि रिक्त बनेको मुख्यमन्त्री पद औपचारिक रुपमा आइतबारबाट कार्कीले ओगटेका छन् ।

केदार कांग्रेसबाट विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रीय सत्ता गठबन्धनले माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर कांग्रेस नेता डा.शेखर कोइरालाले गठबन्धनलाई चूनौति दिँदै आफूनिकट केदारलाई मुख्यमन्त्री बनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्