Logo

कोशीमा मन्त्रिपरिषद् विस्तार, एमालेका राना र कांग्रेसका राई मन्त्री नियुक्त



काठमाडौं,२८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कार्कीले आज पद तथा गोपनियताको शपथ लिएसँगै कांग्रेसका समशेर राई र एमालेबाट रामबहादुर रानालाई मन्त्री नियुक्त गरेका हुन् ।
आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

कार्की शनिबार कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । मन्त्री नियुक्त भएका राना र राई इलामका हुन् ।



प्रतिक्रिया दिनुहोस्