Logo

सोल्टीमोडमा बीवाईडीको नयाँ शोरुम सञ्चालनमा आयो



काठमाडौं, २८ असोज । बीवाईडी अटो प्रा. लि.को नेपालका लागि आधिकारिक वितरक सिमेक्स ईं. प्रा. लि.ले काठमाडौँमा बीवाईडी सिटी स्टोरको शुभारम्भ गरेको छ। बीवाईडीका विद्युतीय सवारीसाधन लाई धेरै भन्दा धेरै ग्राहकहरू माझ पु¥याउने लक्ष्यसहित घटस्थापनाका दिन काठमाडौँको सोल्टीमोडमा भव्य समारोहबीच उक्त नयाँ बिक्री केन्द्रको उद्घाटन गरिएको हो।

बीवाईडीको नेपालमा मात्रै १२ वटा बिक्रेताहरूको नेटवर्क छ । कम्पनीले छिट्टै अन्य स्थानमा पनि बिस्तारको योजना बनाएको छ । नयाँ शोरुमको उद्घाटन भने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद विराजभक्त श्रेष्ठले गरेका थिए । उनले सोल्टीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको भन्दै टिमलाई शुभकामना प्रदान गरेका थिए ।

त्यसैगरी, साईमेक्स कम्पनी प्रा. लि.का प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने भन्दै आफ्नो उत्साह व्यक्त गरिन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot