Logo

शृङ्खलाले गरिन सम्भवसँग प्रेममा रहेको खुलासा, भनिन–यही हो प्रेम सम्बन्ध सार्वजनिक गर्ने उपयुक्त समय



काठमाण्डौ, असोज २९ । पूर्वमिस नेपाल शृंखला खतिवडाले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक गरेकी छिन् । समाजिक सञ्जालमा लामो स्टाटर लेख्दै रिल समेत सार्वजनिक गर्दै उनले आफू कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग प्रेमसम्बन्धमा रहेकोबारे खुलासा गरेकी हुन् । यसअघि विभिन्न सञ्चारमाध्यममा आएका समाचारलाई उनले स्वीकार गर्दै आएकी थिइन् ।

आइतबार सामाजिक सञ्जालमा रिल सेयर गर्दै उनले आफ्नो भर्चुअल परिवारसँग आफूहरूको प्रेमबारे सेयर गर्न पाउँदा खुसी लागेको बताएकी छिन् ।

उनले लेखेकी छन्, ‘ नमस्ते ’ हामी सम्भव र शृंखला हौँ । हाम्रो मिडल नेम ’होपलेस–रोमान्टिक’ हो र सार्वजनिक रूपमा हाम्रो प्रेम साझा गर्न दुई सुपर–अन्तर्मुखीहरूलाई धेरै साहस चाहिएको थियो । तर, यो हामीले साझा गर्ने समय हो ।’

उनले सम्भवबारे लेखेकी छन्, ‘यहाँ गत वर्ष मैले तपाईसँग कस्तो महसुस गरेको छु भनेर व्यक्त गर्ने असफल प्रयास गर्दैछु । ‘असफल’ यस कारण कि मलाई थाहा छ मैले महसुस गरेको भावनाहरूलाई मैले कहिल्यै न्याय गर्न सक्दिनँ । जुन म तपाईंसँग महसुस गर्छु।’



प्रतिक्रिया दिनुहोस्