Logo

सुदूरपश्चिमका पहाडी जिल्लामा असिनापानी, पाकेको अन्नबालीमा क्षती



काठमाडौं, असोज २९ । सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबार साँझ परेको असिनापानीले पाकेको बालीमा क्षती पु¥याएको छ। डडेल्धुरा, डोटी तथा बैतडीका विभिन्न स्थानमा परेको असिनाले बालीनाली सखाप पारेको किसानहरुले बताएका छन्। असिना पानी परेर बालीनाली सखाप पारेपछि किसान चिन्तित बनेका छन्।

खेतमा पाकेको धान, भटमास र तरकारी लगायतका बालीहरु असिनाले नष्ट गरेको छ। पाकेको बाली असिनाले सखाप पारेपछि किसानहरु चिन्तित बनेका छन्। साँझ परेको पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ। फागलाहरुमा काटेको खर भिजेर नष्ट भएको छ।



प्रतिक्रिया दिनुहोस्