Logo

खाद्यले आजदेखि खसीबोका बेच्दै, प्रतिकिलो १० रुपैयाँ सस्तो



काठमाडौं, असोज २९ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ।

धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा आज काठमाडौं आइपुगेसँगै दिउँसोदेखि बिक्री शुरु गरिने कम्पनीले जनाएको हो ।

खाद्यले सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिक्री गरिनेछ। कम्पनीले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ ।

खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ। सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot