Logo

स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न, चिह्न हेरेमा मात्र खरिद गर्न सुझाव



काठमाडौं, असोज २९ । पशु सेवा विभागले आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरेर चिह्न लगाउन शुरु गरेको छ । विभागले काठमाण्डौका विभिन्न ठाउँका बजारमा स्वास्थ्य परीक्षण गरेर स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न लगाउने अभियान शुरु गरेको हो । काठमाण्डौ विभिन्न ११ वटा ठाउँबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया शुरु भएको छ ।

खसीबोकाको स्वास्थ्य परीक्षणका लागि तोकिएको ठाउँमा ५ देखि ७ जनाको टोली परिचालन गरिएको विभागले जनाएको छ । पशु चिकित्सकले दशैँमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शङ्का लागेमा रगतको नमुनाको आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot