Logo

समाजवादी मोर्चाको धनगढीमा हुने सन्देशसभा आज, चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने




काठमाडौं,२९ असोज । चार दल मिलेर बनेको समाजवादी मोर्चाले आज कैलालीमा सन्देशसभाको आयोजना गर्दैछ । भदौं १३ र २६ गते गरी दुईपटकसम्म स्थगित भएको सन्देशसभा आज हुन लागेको हो ।

भदौं १३ मा अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर मोर्चामा सहभागी दल नेकपाले असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएपछि अन्तिम समयमा आएर कार्यक्रम रोकिएको थियो भने, दोस्रो पटक नेकपा एमालेका उपाध्यक्ष, संविधान सभा सदस्य तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका लागि मोर्चाले कार्यक्रम स्थगित गरेको थियो ।

आज दिउँसो साढे १ बजे हुने कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव विप्लव सी धनगढी आउने मोर्चाले जनाएको छ । यसअघि मार्चाले अन्य ६ वटै प्रदेशमा सन्देशसभाको आयोजना गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्