Logo

कार्तिक १ गतेका लागि डाकियो कोशी प्रदेश सभा बैठक



काठमाडौं,२९ असोज । असोज २० गते स्थगित भएको कोशी प्रदेश सभाको बैठक आव्हान भएको छ । कार्तिक १ गते बुधबार ११ बजे बस्नेगरी बैठक डाकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

१ गते बस्ने बैठकमा नवनियुक्त मुख्यमन्त्री शेखर कार्कीले विश्वासको मत लिने बताईएको छ । यद्यपि दलहरुसँग थप छलफल गरेरमात्रै मिति टुंगो लाग्ने एक सांसदले जानकारी दिए ।

कार्की कांग्रेसका ८ र एमालेका ३९ जना सांसद्को समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot