Logo

विराटनगरमा एक युवतीमाथि सामूहिक बलात्कार, नाबालकसहित तीन जना पक्राउ



काठमाडौं,२९ असोज । मोरङको विराटनगरमा एक युवतिमाथि सामूहिक बलात्कार भएको छ । आइतबार राती २५ वर्षिया युवतीमाथि विराटनगर महानगरपालिका ३ मा बलात्कार भएको प्रहरीले जनाएको छ । पीडितका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाका ४३ वर्षका टेकबहादुर तामाङ, २० वर्षका विनोद चौहान र सिन्धुलीका १६ वर्षका एक नाबालक रहेका छन् ।

उनीहरु तीनैजना यातायत मजदुर हुन् । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीले जनाएको छ ।

आइतबार राती विराटनगर बसपार्कमा रहेको होटलमा खाना आएर अटोमा बसपार्कतर्फ फर्किरहको तीनै जनाले ती युवतीलाई ललाईफकाई ट्रकमा ल्याएर बलात्कार गरेको पीडित परिवारको दाबी छ । पीडित युवती चिच्याउन थालेपछि स्थानीय र पैदलयात्रीले घटना थाहा पाएको प्रहरीको भनाइ छ । युवती चिच्याएको सुनेपछि घटनास्थलमा पुगेकाहरूले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मानिस भेला हुन थालेपछि तीनैजना दौडिएर ट्रकभित्र छिरेका थिए । लगत्तै परिचालित प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको थिए ।

आक्रोशित बनेकाहरूले ट्रकमा तोडफोडसमेत गरिदिएका छन् । तोडफोटबाट ट्रकको अगाडिको शिशा फुटेको छ । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्