Logo

कांग्रेस सांसद राजेन्द्र बजगाईंको आरोप : चीनका वर्तमान राष्ट्रपति नेपालप्रति एकदमै पूर्वाग्रही छन् (भिडिओसहित)



काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद राजेन्द्र बजगाईँले आजको दिनमा नेपाल–भारत सम्बन्ध एकदमै सुमधुर रहेको बताएका छन् । उनले कालापानी, लिम्प्यिाधुरा नेपालकै भूमी भएको बताए । उनले नेपाल र भारतबीचका सिमा विवाद सम्वादमार्फत गरिनुपर्नेमा जोड दिए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिमा चिनियाँ हस्तक्षेप रहेको दाबी गरे । उनले भने,‘चीनको समस्या के हो भने चीनले चाहीँ, अहिलेका चिनियाँ राष्ट्रपतिका बुवा, माओत्से तुङका घनिष्ठ हुनुहुन्थ्यो, अहिलेका राष्ट्रपतिका डिफरेन्सेस चाहीँ माओत्से तुङको पोलिसीमा देखियो, १९६० मा नेपाल र चीनबीच जुन सम्बन्ध थियो नि, त्यो चाहीँ नेपाली कांग्रेसले गर्या हो । चीनले त्यसलाई बिर्सियो ।’

उनले चीनका अहिलेका राष्ट्रपति सि जिनफिङ नेपालप्रति एकदमै बायस रहेको टिप्पणी गरे । उनले भने,‘चिनियाँ राष्ट्रपति नेपालको बारेमा एकदमै बायस हुनुहुन्छ ।’ उनले चीनको बीआरआई कार्यान्वयन नहुने दाबी गरे । उनले नेपालमा बीआरआई कार्यान्वयन गर्न नहुने बताए ।

उनले अहिले देशको राजनीति व्यवस्था असफलतातर्फ गैरहेको टिप्पणी गरेका छन् । उनले भने,‘अहिले एकदमै ठूलो समस्या छ । हामीले ठूलो आन्दोलनको अपेक्षा गरेका छौं । जनताको आन्दोलन हुन जरुरी छ । यो सिस्टम ओभर–थ्रो हुन्छ । यो सिस्टममा देश चल्दैन् । गणतन्त्र बचेपनि, जुन राष्ट्रिय संरचना छ त्यो चल्दैन् । संघीयता सानो हुन्छ । शासकीय स्वरुपमा आमूल परिवर्तन हुन्छ । यत्रो जनप्रतिनिधिमा चल्दैन् ।’

पार्टीभित्र अनावश्यक खेल नखेल्न गगन थापालाई चेतावनी दिएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबचि कुरा नमिलेको दाबी गरे । उनले भने,‘सभापति देउवा र नेता शेखरबीच कुरा मिलेको छ भन्ने हिसाबले बाहिर कुरा छताछुल्ल गरिदिने, गगनजीले त्यो कुरामा प्ले गर्नुभएन । धमिलो पानीमा माछा मार्नुहुन्छ ?’

उनले अहिले शेखर र गगनबीच १४औं महाधिवेशनमा भएकोजस्तो विश्वसनियताको सम्बन्ध नरहेको जिकिर गरे । उनले आफूले शेखर र गगनलाई मिलाउन प्रयत्न गरेको स्मरण गराए ।

उनले अहिले गगन थापासँग कि नबुझेका मान्छेहरु पछि रहेको वा तर्साएपछि उनीसँग नेता तथा कार्यकर्ताहरु रहेको पनि टिप्पणी गरे । उनले आफूले पनि गगन थापालाई विश्वास गर्न नसक्ने बताउँदै थापासँग तर्सिएको बताए ।



प्रतिक्रिया दिनुहोस्