Logo

एनआइसी एशिया बैंकको अधिकांश सूचांक राम्रो, सिईओ न्यौपानेको चमत्कार



काठमाडौं, २९ असोज । मुलुक यतिवेला आर्थिक रुपमा संकटग्रस्त रहेको चर्चा चल्ने गरेको छ । अर्थतन्त्रका सूचकहरु कमजोर बनेको टिकाटिप्पणी भैरहेको छ । तर, नेपालको अर्थतन्त्रमा नेपालको बैंकिङ क्षेत्रले ठूलो योगदान पुर्याएको छ । नेपालको बैकिङ क्षेत्रको कुरा गर्दा एनआइसी एशिया बैंक अग्रपँक्तिमा आउँछ । बैंकले आफ्नो स्थापनाकालदेखि नै जनताको मन जितेको छ ।

बैंकले लिएको लक्ष्य एकपछि अर्को गर्दै हाँसिल भैरहेको छ । बैंकको सफलताको कथामा सिईओ रोशनकुमार न्यौपानेको पनि ठूलो योगदान छ । सिईओ न्यौपानेले गत वर्षको मंसिर १५ गतेदेखि दोस्रो कार्यकालको लागि योगदान गरिरहेका छन् । बैंक आफ्नो विजनेश योजनामा सफल हुँदै आएको छ । सिईओ न्यौपानेको दोस्रो कार्यकालको चार वर्षे अवधिमा पहिलो वर्ष आगामी मंसिरमा पूरा हुँदैछ । अहिले बैंकका अधिकांश सूचांक राम्रो रहेको बताईएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गपनि बैंक अग्रपँक्तिमा छन् । सरकारसँग हातेमालो गरेर अघि बढेको बैंकले राष्ट्र बैंक र निजी क्षेत्रसँग सहकार्य गरेरै नेतृत्वदायी भूमिका खेल्दै आफूलाई अगाडि बढाएको छ ।

सिईओ न्यौपानेले दोस्रो कार्यकाल सुरु गर्दै गर्दा पाँच वर्षमा एनआइसी एशिया बैंक १० खर्बको बैंक बन्ने घोषणा गरेका थिए । त्यतिवेला उनको भनाई थियो,‘बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको छ, ती योजनाहरुमा हामी सफल पनि भइरहेका छौं, उपलब्धिहरु पनि हासिल भइरहेका छन्, अबको ५ वर्षमा एनआइसी एशिया कुल १० खर्बको बैंक हुन्छ ।’

न्यौपानेले बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको र पहिलो वर्षमा नै धेरै कुरामा सफलता हात परेको दाबी गरेका छन् । एनआईसी एशिया बैंकले देशमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ । उक्त बैंकका मुलुकभर ३६० भन्दा बढि शाखा कार्यालयहरू सञ्चालनमा छन् । त्यस्तै ५५६ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

एनआइसी एशिया बैंकको पछिल्लो सफलतामा सिइओ न्यौपानेको ठूलो हात रहेको छ । उनलाई बैंकिङ क्षेत्रमा सफल र भीजनरी सिईओको रुपमा लिईन्छ । सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै (२०७५ मंसिर १६ को ३७९ औं बैंठक) ले न्यौपानेलाई मिति २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । पहिलो कार्यकाल सकिएपछि उनी दोस्रो कार्यकालको लागि सिईओको भूमिका छन् । अहिले उनले दोस्रो कार्यकालको पनि पहिलो वर्ष व्यतित गरिसको छन् ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सिइओ’ को रुपमा समेत चिनिन्छन् । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४७ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकिङ क्षेत्रमा उदयमान भएका थिए । उनले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot