Logo

मुख्यमन्त्री यादव सहमतिबाट पछि हटेको भन्दै मधेश प्रदेश सभा बैठकमा एमालेको अवरोध



काठमाडौं,२९ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेश प्रदेश सभाको बैठक अवरोध गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमालेले मुख्यमन्त्री सरोजकुमार यादवले आफूहरुसँग गरेकोसहमति कार्यान्वयन नगरेको भन्दै अवरोध गरेको हो ।

आजको बैठक सुरु हुनासाथ एमाले सांसद दीपेन्द्र ठाकुरले प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री पछि हटेको आरोप लगाए ।

उनले भने, ‘सबै दलका नेतालाई राखेर मुख्यमन्त्रीले सहमति गर्नुभएको थियो । १५ दिनको समय मागेको थियो । तर, महिनौं बित्दा पनि चासो नदिएर आफ्नो कामकारबाही अगाडि बढाउनु भएको छ ‌। त्यसैले हामीलाई जवाफ चाहियो ।’

सांसद् ठाकुरले बोलेपछि सभामुख रामचन्द्र मण्डलले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न अनुरोध गरेका थिए । तर एमाले सांसदहरुले निरन्तर उठेर विरोध जनाएपछि सभामुखले बैठक आजै १० मिनेटपछि बस्नेगरी स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्