Logo

अहिले केही व्यक्तिमा आफूले जे बोल्यो त्यही अन्तिम हो भन्ने अहंकार छ : सिटौला



काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाले अहिले आफूले जे बोल्यो त्यही सत्य र त्योभन्दा अर्को सत्य नभएको भन्ने अहंकार रहेको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन् । उनले प्रेस राज्यको चौथो अंग भनिएपनि आफूलाई त पहिलो अंग लागेको बताए ।

उनले सञ्चार जगतको प्रभाव संसद्, न्यायालय र सरकारभन्दा पनि बढि रहेको टिप्पणी गरे । उनले अहिले कांग्रेसका सांसदहरुलाई पनि सांसदजस्तो भूमिका निर्वाह गर्न सुझाव दिए । उनले राष्ट्र र जनताको हितमा कानून बनाउनुपर्ने पनि सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot