Logo

विश्वकप क्रिकेट : आज नेदरल्याण्ड र दक्षिण अफ्रिका भिड्दै



काठमाडौं, असोज ३० । भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड र दक्षिण अफ्रिकाबिच प्रतिस्पर्धा हुँदैछ । भारतको धर्मशाला क्रिकेट मैदानमा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ बजे देखि सुरु हुनेछ।

जारी प्रतियोगितामा यी दुवैको तेस्रो खेल हो। यस अघि भएका दुवै खेल जितेर दक्षिण अफ्रिका ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने नेदरल्याण्ड दुवै खेल हारेर अंक तालिकाको पुछार १० औं स्थानमा रहेको छ। यी दुई बिच अहिलेसम्म ६ वटा प्रतिस्पर्धा भएका छन्। ६ वटै खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डलाई हराएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot