काठमाडौं,३० असोज । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले नेपाललाई आर्थिक रुपमा सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेसकै कारण देशमा स्थायित्व प्राप्ती भएको र अब कांग्रेसले नै नेतृत्व गरेर आर्थिक रुपमा सुदृढ बनाउन आवश्यक रहेको बताए ।
‘नेपाली कांग्रेसले लिएको खुला नीतिअन्तर्गत आज नेपालीहरूको पहुँच संसारसामु पुगेको छ । खुला समाज निर्माण गर्ने, लोकतन्त्रलाई विकसित गर्ने र व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई रक्षा गर्ने उद्देश्यले नेपाली काँग्रेस नेपालमा जन्मिएको हो’, पौडेलले भने, ‘हामीले आर्थिक पक्षमा पनि नेपाललाई सुदृढ बनाउन आवश्यक छ । ’