Logo

नेपाल र लाओसबीच पहिलो हाफ गोलरहित बराबरी



काठमाडौं,३० असोज । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको दोस्रो खेलमा अहिले नेपाल र लाओसबीच प्रतिस्पर्धा भइरहेको छ ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ बनाउन सकेनन् ।

नेपालले केहि गोल गर्ने मौका पाएपनि गोल भने गर्न सकेन । दोस्रो चरणमा प्रवेश गर्नका लागि नेपालका लागि यो खेल महत्वपूर्ण छ ।

नेपाल र लाओसबीच बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसैले दोस्रो लेगमा विजयी हुने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । file photo



प्रतिक्रिया दिनुहोस्