Logo

एनआरएनएको अभियानमा को हुन राजेन्द्र कुमार अर्थात आर के शर्मा ?



काठमाडौं, कार्तिक १ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–०२५ का लागि अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आर के) शर्मा ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मुल नारासहित २४ महिने कार्यकालमा २४ काम गर्ने बाचासहित चुनावी प्रचारप्रसारमा छन् ।

आफ्ना योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘‘फुटेको होइन, जुटेको एनआरएन’ बनाउँने दाबीसहित चुनावी मैदानमा रहेका शर्माले आइसिसीको उपाध्यक्ष हुँदाको जिम्मेवारीको अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको जनाएका छन्।

आफू मान प्रतिष्ठा वा नाम दामका लागि नभई आफ्नो मातृभूमी र संसारभरका नेपालीहरुलाई सघाएर पुण्य र सन्तुष्टि प्राप्तीका लागि अध्यक्षमा दाबी गर्न लागेको उनको भनाई रहेको छ ।

एनआरएनएको अभियानमा को हो राजेन्द्र कुमार शर्मा अर्थात आर के शर्मा ?
प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रम कार्यान्वयनको लागि योजना बनाउने- आर के शर्मा

नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण छ भन्ने मान्यता स्थापित गराउने- आर के शर्मा

समाजका सामाजिक क्रियाकलापमा सक्रिय र एनआरएनएको अभियानमा स्थापनाकाल देखि नै क्रियाशील हुदै समन्वयकारी भूमिका निर्वाहमा आफुलाइ सशक्त रूपमा प्रस्तुत गर्ने- आर के शर्मा

एनआरएनएमा लागेपछि लिन होइन दिन सक्नुपर्छ भन्ने मान्यता राखी आर्थिक पारदर्शिता एनआरएनएको पहिलो प्राथमिकतामा राखेर कार्य गर्ने- आर के शर्मा

एनआरएनएलाई समाज सेवाको उपयुक्त माध्यमका रूपमा लिड़ उच्च नैतिकता प्रस्तुत गर्दै इमान्दारितापूर्वक काम गर्नुपर्ने- आर के शर्मा

श्रमिकहरूका पक्षमा क्रियाकलाप संचालन गर्दै विश्वमा रहेका नेपालीले एनआरएनए मेरो भन्ने भावनाको विकास गराउने योजना सफल बनाउन सक्ने- आर के शर्मा

एकता सहमति र सहकार्यका लागि निरन्तर लागि रहने र नेतृत्वलाई सहयोग गरिरहने- आर के शर्मा
सबैको साथ, सल्लाह र परामर्शमा काम गर्ने- आर के शर्मा

वृद्ध श्रमिकको हक हित सुरक्षित वैदेशिक रोज़गारी, एनआरएनएको सस्थागत विकासमा सदा महत्वपूर्ण भूमिका निर्वाह गरिरहने- आर के शर्मा

गैर आवासीय नेपाली संघको विस्तार, सुदृढीकरण र संस्थागत विकासमा योजनावद्द कार्ययोजना बनाई कार्यान्वयन गर्न सहयोग गरिरहने- आर के शर्मा

प्रवासमा रहेका नेपालीहरूलाई अप्ठ्यारो पर्दा नजिकको साथी र सहयोगी- आर के शर्मा

प्रवासमा रहेका दोस्रो पुस्तासंग नेपाललाई जोड्न सक्ने योजना र क्षमता भएको- आर के शर्मा

गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गरेको- आर के शर्मा

एकता, सहमति र सहकार्यमा कार्य गरि एनआरएनएको गुमेको प्रतिष्ठालाई पुर्स्थापित गराई सबैले विश्वास गर्ने र सबैको अपनत्व हुने साझा संस्थाको रूपमा विकास गराउन सक्ने- आर के शर्मा

प्रवासमा रहेका नेपालीको स्वास्थ्य सुरक्षाका लागिका योजना बनाई कार्यान्वयन गर्ने- आर के शर्मा



प्रतिक्रिया दिनुहोस्

Screenshot