Logo

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन कोशी प्रदेश सभा बैठक सुरू



काठमाडौं,१ कार्तिक । कोशी प्रदेश सभाको बठक सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीेले विश्वासको मत लिनका लागि बैठक आव्हान गरिएको हो ।

शनिबार मुख्यमन्त्री नियुक्त कार्कीले आज विश्वासको मत लिँदैछन् । बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्दैछिन् ।

गत शनिबार एमाले सांसदको बुहमत जुटाएर कांग्रेसको शेखर कोइराला समूहका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । फरक गठबन्धनबाट मुख्मन्त्री नियुक्त भएका कार्कीलाई कांग्रेस माओवादीले पनि मत दिने बताएका छन् भने राप्रपा र जसपाले नदिने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्