Logo

कोशीमा एमाले र कांग्रेस सत्तापक्षमा बस्दा माओवादीसहितका ४ दल प्रतिपक्षमा



काठमाडौं,१ कार्तिक । कोशी प्रदेश सभाको बैठक सुज्ञ भएको छ । मुख्मन्त्री केदार कार्कीले विश्वासको मत लिनका लागि बैठक बसिरहेको छ । उनी शनिबार एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

आज बसेको प्रदेश सभाको बैठकमा एमाले र कांग्रेस सत्तापक्षको बेञ्चमा बसेका छन् । भने माओवादी केन्द्र राप्रपा, नेकपा एस र जसपा प्रतिपक्षमा बसेका छन । यद्यपि राप्रपा बाहेक सबै दलले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेका छन् ।

सभामा कांग्रेसका २९ र एमालेका ३९ सांसद छन् । 

कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्