Logo

मत माग्दै कोशीका मुख्यमन्त्री कार्कीले भनेः तपाईंहरुले गर्नुभएको विश्वासलाई सदैव सम्मान गरेर अगाडि बढ्छु



काठमाडौं,१ कार्तिक। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका हुन् । विश्वासको मत माग्दै कार्कीले प्रदेशको स्थायित्व र विकासका लागि सबै दल मिल्नुको विकल्प नभएको बताए ।

मुख्यमन्त्री कार्कीले आफूलाई विश्वास गरेर मुख्यमन्त्री बनाउने सबै सांसदप्रति पनि धन्यवाद ज्ञापन गरे । उनले आफूलाई विश्वास गरेर मत दिनेहरुलाई सदैव साथमा लिएर हिड्ने पनि प्रतिवद्धता जनाएका छ्न । कार्की शनिबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

उनले भने, ‘संघीयता र गणतन्त्रलाई बचाउनेको लागि हामीले अठोट गर्नुपर्छ । सरकार बनाउने सबै धारा प्रयोग गर्दै हामी अन्तिम अवस्थामा आइपुगेका छौं । माननीयहरूले नयाँ प्रयोग गरेर मलाई मुख्यमन्त्री बनाउनुभएको छ । मलाई विश्वास गर्नुभएकोप्रति म नमन गर्छु । यहाँहरूले दिएको विश्वास र जनताको बलिदानीलाई ध्यानमा राखेर म अगाडि बढ्छु । यो परिस्थितिमा नयाँ प्रारुप तय भएको छ । संघीय सरकार धारा ५ लाई प्रयोग भइसकेको छ । सर्वोच्चले पनि व्याख्या गरिसकेको छ ।’



प्रतिक्रिया दिनुहोस्