Logo

पत्रकार सिञ्जालीलाई आर्थिक सहयोग



चितवन, १ कात्तिक । नेपाल पत्रकार महासङ्घ चितवनका सदस्य वीरबहादुर सिञ्जालीलाई ज्येष्ठ पत्रकार कल्याणकारी रकम प्रदान गरिएको छ । महासङ्घ चितवन शाखाको आग्रहमा राप्ती नगरपालिकाले सिञ्जालीलाई ५० हजार सहयोग गरेको हो । राप्ती नगरपालिका प्रमुख शमशेर लामा र महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीसहित महासङ्घको टोलीले सिञ्जालीलाई उनकै निवासमै पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । सो अवसरमा नगर प्रमुख लामाले महासङ्घले सुरुआत गरेको ज्येष्ठ पत्रकार कल्याणकारी कोष राप्तीमा सुरु गरिनसकेको भए पनि ६० वर्ष काटेका नगरवासी सिञ्जालीलाई एक वर्षको एकमुष्ट रकम प्रदान गरिएको बताए ।

भरतपुर महानगरपालिकाको सहयोगमा महानगरभित्रका ६० वर्ष कटेका पत्रकारलाई महासङ्घले मासिक चार हजार कल्याणकारी कोष अन्तर्गत दिँदै आएको छ । महानगर बाहिरका ज्येष्ठ पत्रकारलाई सोही पालिकासँग समन्वय गरेर रकम दिँदै आएको जिल्ला अध्यक्ष अधिकारीले बताए । उनका अनुसार भरतपुर महानगरले उपलब्ध गराएको २० लाख अक्षयकोषमा राखेर प्राप्त ब्याजबाट मासिक दिइदै आएको छ । राप्तीका पत्रकार सिञ्जालीलाई ६० वर्ष पुगेसँगै गत वर्षबाट सहयोग गर्न थालिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्