काठमाडौं,१ कार्तिक । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले नेपाललाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्न सक्यो । उसका लागि यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए। यस्तै अली नासिरले पनि ३२ रन जोडे। हमिद र नासिरबीच पाचौँ विकेटका लागि ५६ रनको साझेदारी भएको थियो।
कप्तान म्हमद वासिमले १७ रन बनाएको खेलमा आसिफ खानले १५ रन थपे । बलिङतर्फ नेपालका लागि करण केसीले तीन तथा गुल्सन झाले २ विकेट लिए ।