Logo

कांग्रेस परित्याग गरेका कार्कीलाई कमल थापाले दिए महामन्त्रीको जिम्मा



काठमाडौं,१ कार्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कृष्ण कार्कीलाई महामन्त्रीमा मनोनीत गरेका छन् । नेपाली कांग्रेस परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेका कार्कीलाई थापाले महामन्त्रीको जिम्मेवारी दिएका हुन् ।

कांग्रेस कास्कीका नेता रहेका कार्कीले गत निर्वाचनमा पार्टीप्रति असन्तुष्ट रहँदै कांग्रेस छाडेका थिए ।

उनी कांग्रेसको बाह्रौं महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचन समेत लडेका थिए। अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्