काठमाडौं,१ कार्तिक । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिन एमालेलाई आग्रह गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले राजनीतिक नैतिकता छ भने सरकारबाट बाहिरिन आग्रह गरेका हुन् ।
बुधबार बसेको प्रदेश सभाको बैठकबाट बाहिरिनेक्रममा नेता आङ्बोले सञ्चारकर्मीसँग कुराकार्की गर्दै आफूहरु सत्ता गठबन्धनको भावना अनुरुप काम गरिरहेको भन्दै त्यसैअनुरुप छोडेर सत्ताबाट बाहिरिन एमालेलाई उर्दी दिएका हुन् ।
‘हामीले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई नि:शर्त मत दिएका हौं। अब एमालेसँग राजनीतिक नैतिकता बाँकी छ भने गठबन्धनमा जबरजस्ती घुसेको ऊ सरकारबाट बाहिरिनु पर्छ,’ उनले भने,‘यो सरकार गठबन्धनको हो।’
मुख्यमन्त्री केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले एमालेबाट राम रानालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । भने, माओवादी लगायतका दलहरु सरकार बाहिर छन् ।