Logo

तस्बिरमा हेर्नुहोस् राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको दसैं,तिहारको शुभकामना आदानप्रदान कार्यक्रम



काठमाडौं,१ कार्तिक । नेकपा एमाले निकट पूर्व राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

बुधबार काठमाडौंको थापागाउँस्थित अनुपम बैंकेटमा कार्यक्रम आयोजना भएको छ । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, नेताहरु पार्वत गुरुङ, ईश्वर पोखरेल, शेरबहादुर तामाङलगायत उपस्थित भएका थिए ।

तस्बिरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot