Logo

बडाभोजको खर्च एमालेले व्यहोर्ने



काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको बडाभोजको खर्च पार्टीले व्यहोर्ने बताएका छन् ।

आज (बुधबार) एमाले निकट राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले दसैं, तिहार तथा छठ पर्वको अवसरकार शुभकामना आदानप्रदानका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कार्यकक्रमको खर्च पार्टीले व्यहोर्ने बताएका हुन् ।

‘सधैं पार्टीले यस्तो गर्न सक्दैन । सधैं पार्टीले खर्च व्यहोृर्न सक्दैन । यसपल्ट यो पहिलो बडाभोजको खर्च पार्टीले व्यहोर्नेछ,’– ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot