काठमाडौं,२ कार्तिक । त्रिदेशीय टी-२० सिरिज अन्तर्गत हङकङ्गले नेपालसामू ९५ रनको सामान्य चूनौति प्रस्तुत गरेको छ ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हंकङ्गले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै ९४ रन जोड्न सक्यो । उसका लागि यसिम मुर्ताजले ३६ रन बनाउन बाहेक अन्य ब्याटरको ब्याट चल्न सकेन । नेपालका लागि करण केसी एक्लैले ४ विकेट लिएका थिए ।
४ ओभर बलिङ गरेका करणले १५ रन दिएर ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनाश बोहराले पनि समान २ विकेट लिए ।