Logo

एनआरएनए ११औं विश्व सम्मेलन : महाधिवेशनस्थल सोल्टी होटलमा जे देखियो (फोटोफिचर)



काठमाडौं, २ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ नेतृत्व पाउँदैछ । संघको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो राति १२ बजेदेखि (अनलाईन भोटिङ) र अहिले मतदान जारी छ । काठमाडौंको होटल सोल्टीमा जारी अधिवेशनमा नयाँ नेतृत्वको लागि तीन जनाबीच कडा प्रतिष्पर्धा छ । अध्यक्षमा डा. बद्रि केसी, महेश श्रेष्ठ र आरके शर्मा प्रतिष्पर्धामा छन् ।

नेपालभित्र रहेका प्रतिनिधिहरूलाई मतदानका लागि बिहान १० बजेदेखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ। नेपाल बाहिरबाट भने गएराति १२ बजेदेखि आज राति ११ः५९ बजेसम्म मतदान गर्न पाउनेछन् । एनआरएनएको ६ उपाध्यक्षका लागि १५ जनाको उम्मेदवारी दिएका छन्। निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्। महाधिवेशनले ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्